चेतावनी : लेखक की जानकारी तथा अनुमति के बिना इस ब्लॉग पर प्रकाशित सामग्रियों का कहीं, किसी भी रूप में प्रयोग करना वर्जित है | लेखक नामोल्लेख ब्लॉग वर्णन और लिंक दे कर ही आप लेख को उद्धरण के रूप में प्रयोग कर सकते हैं |

रविवार, 27 जनवरी 2013

गजलको बारेमा जानकारी



                                                                                                            अनुबाद /संयोजक     - नरेश रोकाहा

गजल संग समन्धित सब्द र उनको अर्थ (उदाहरण सहित )

गजल
– एक समान रदिफ तथा भिन्न भिन्न कवाफी (कफियाको बहुबचन ) (तुकांत) ले सजिएको एकै बज्न (मात्रा क्रम) अथवा बहर (छन्द)मा लेखिएको अंश'आर (शेर को बहुबचन) समुहलाई गजल भनिन्छ | जसमा गजलकार निकै चिन्तन विचार अथवा भवना प्रकट गर्दछ |
गजल गो /गजलकार  - गजल लेख्ने मानिस
गजलगोई – गजल लेख्ने प्रक्रिया

शेर

 – रदिफ र काफिया बाट सुसज्जित एकै वजन (मात्रा क्रम) अर्थात् बहरमा लेखिएको दुई पंति जसमा कुनै चिन्तन विचार अथवा भावनाको प्रकट गरिएको होस् त्यसलाई शेर भनिन्छ  |
फकीराना आये सदा कर चले
मियाँ खुश रहो सम् दु"आ कर चले ||१||
वह क्या चीज है आह जिसके लिए
हर एक चीज से दिल उता कर चले ||२||  मीर ताकी मीर
अश"आर = शेरको बहुबचन
फर्द = एक शेर
पुरानो समयमा फर्द विधा प्रचलित चियो जो गजलको उपविधा थियो | जस्तै आजभोली कतअको मुसम्मन रुप प्रचलित छ अर्थात् अब कतअ ४ मिसराहरुमा पनि लेखिन्छ | (पुरानो कतआतमा २ भन्दा अधिक अशआर पनि मिल्छन ) यदि शायर कतअ वाचन गर्छु भन्छ भने श्रोताले बुझ्छन कि शायर चार मिसराको रचना पढ्दै छ | त्यसैले एक स्वतन्त्र शेरलाई फर्द भनिन्छ | अशयार भने पछी यो थाहा हुन्छ कि सबै शेर एक जमिनको हो र फर्द भने पछी थाहा हुन्छ कि सबै शेरहरु भिन्न भिन्न जमिन बाट प्रस्तुत भएको हो |

मिसरा - 

शेरका प्रत्येक पंक्तिलाई मिसरा भनिन्छ यसर्थ हरेक शेरमा दुई पंक्ति हुन्छन र दुई मिसरा हुन्छन |
मिसरा – ए – उला  - शेरको पहिलो पंक्तिलाई मिसरा ए उला भनिन्छ |
छल्केको त्यो जवानीमा वर्षा बनि झर्न पाए – (मिसरा ए उला)
तप्प तप्प चुहि दिन्थें त्यो केशमा पर्न पाए

मिसरा ए सानी – शेरको दोश्रो पंक्तिलाई मिसरा ए सानी भनिन्छ | सानी को अर्थ दोश्रो भन्ने  हुन्छ |
छल्केको त्यो जवानीमा वर्षा बनि झर्न पाए
तप्प तप्प चुहि दिन्थें त्यो केशमा पर्न पाए (मिसरा ए सानी)

रदिफ -
त्यो समाप्त सब्द जो मतलामा दुवै मिसराको अन्तिममा आउँछ तथा अन्य अश्'यारको मिसरा ए सानी (दोश्रो पंक्ति) को अन्तमा आउँछ र सम्पूर्ण गजलमा एउटै रहन्छ त्यसलाई रदिफ भनिन्छ | \
जस्तै
छल्केको त्यो जवानीमा वर्षा बनि झर्न पाए
तप्प तप्प चुहि दिन्थें त्यो केशमा पर्न पाए

प्रस्तुत मतलामा " पाए " रदिफ हो | जो मतलामा दुवै मिसरमा दोहोरिन्छ साथैसबै शेरको दोश्रो पंक्तिमा (मिसरा ए सानी)मा दोहोरिन्छ |

काफिया  त्यो सब्द जो हरेक शेरमा रदिफको ठिक अगाडी आउँछ र सम तुकांतता संग हरेक शेरमा फेरिन्छ त्यसलाई काफिया भनिन्छ | शेरको आकर्षण कफियामानै निर्भर हुन्छ | कफियाको प्रयोग जति सुन्दर तरिकाले प्रस्तुत गरिन्छ शेर त्यतिनै प्रभावशाली देखिन्छ |
छल्केको त्यो जवानीमा वर्षा बनि झर्न पाए
तप्प तप्प चुहि दिन्थें त्यो केशमा पर्न पाए
अब हामी रदिफको चिन्न सक्छौ त्यसैले स्पस्ट छ कि प्रस्तुत शेरमा रदिफको ठिक अगाडिको सब्द झर्न पर्न सम तुकांत सब्द काफिया हो तथा प्रत्येक शेरमा बदलिने सम तुकांत सब्दनै काफिया हो |

मतला -गजलको पहिलो शेर जसको दुवै मिसरहरुमा काफिया र रदिफ हुन्छ त्यसलाई मतला भनिन्छ |
जस्तै
छल्केको त्यो जवानीमा वर्षा बनि झर्न पाए
तप्प तप्प चुहि दिन्थें त्यो केशमा पर्न पाए
 माथीको शेरमा झर्न र पर्न काफिया दुवै मिसरमा छन् भने पाए रदिफ पनि दुवै मिसरमा छ |
हुस्ने मतला – यदि गजलको दोश्रो शेरमा पनि काफिया र रदिफ दुवै छन् भने त्यस लाई हुस्ने मतला भनिन्छ | जस्तै ;-
छल्केको त्यो जवानीमा वर्षा बनि झर्न पाए
तप्प तप्प चुहि दिन्थें त्यो केशमा पर्न पाए
जवानीले भरिएको चोखो दिलमा सर्न पाए
लाग्थ्यो गङ्गा तरे सरि संगै जंघार तर्न पाए
प्रस्तुत दुई शेरमा पनि काफिया र रदिफ दोहोरिएका छन् त्यसैले दोश्रो शेर लाई हुस्ने काफिया भनिन्छ |


म बिभिन्न कारणले ईन्टरनेटको सुबिधाबाट टाढा छु त्यसैले  केहि समय पछी बिस्तारै  थप्दै जाने छु |  यहाँहरुमा पर्न गएको असुबिधा प्रति  क्षमा प्राथी छु | धन्यबाद